ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम संचालन समिति
flag

सस्थाकाे बारेमा सम्क्षिप्त जानकारी

ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम संचालन समिति
स्थापना : २०६६ साल
समितिको कार्यालय : मेलम्ची नगरपालिका वडा नं. ११, मेलम्ची, सिन्धुपाल्चोक

१. संक्षिप्त परिचय :

क) मेलम्ची खानेपानी परियोजनाबाट प्रभावित मेलम्ची नगरपालिका अन्तर्गतका ११ वडाहरु र हेलम्वु गाउँ पालिकाकाको सवै वडाहरुमा (साविक १४ गाविस) बाट प्रतिनिधीत्व गर्ने यस समितिले तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्रालयको मिति २०६४।५।३० को मन्त्रिस्तरीय निर्णय÷स्वीकृती अनुसार २०६५ साल देखि मेलम्ची खानेपानी विकास समितिको आर्थिक सहयोगमा सामाजिक उत्थान सम्वन्धि कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

ख) यो समिति संस्था दर्ता ऐन, २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट मिति २०६६।११।१२ मा( द.नं. ११३६, आ.व. ०६६÷०६७) दर्ता भएको एक गैह्र नाफामूलक तथा जनहितकारी सामाजिक संस्था हो ।

ग) “मेलम्ची खानेपानी विकास समिति गठन आदेश २०५५ (शंशोधित २०६७÷०१÷१४)” अनुसार मेलम्ची खानेपानी विकास समितिको बोर्डमा यस समितिको तर्फबाट समेत संस्थागत प्रतिनिधित्व हुने व्यवस्था रहदै आएको छ ।

घ) समितिको विधान वमोजिम प्रभावित क्षेत्रका स्थानीय समुदायका सदस्यहरु वडा, गासास तथा कार्यसमितिमा तहगत रुपमा समावेशी प्रतिनीधित्व हुने व्यवस्था भएकोले यस समितिले संचालन गर्ने हरेक कार्यक्रमहरुको तर्जुमा, अनुगमन मूल्याङ्कन जस्ता प्रकृयाहरुमा सहभागितामूलक विधि अवलम्वन गरिदै आएको छ ।

ङ) यस समितिले नेपाल सरकार, आन्तरिक राजश्व विभागवाट मिति २०६७÷०३÷२२ मा स्थायी लेखा नम्वर ९एब्ल् ल्य। घण्द्धद्दढटछण्ठ० प्राप्त गरेको छ भने मिति २०७१÷०३÷२४ मा सामाजिक संघ संस्थाहरुको लागि आयकर छुट हुने संस्था दर्ताको प्रमाण पत्र समेत प्राप्त गरेको छ । तेसै गरि अन्य सरकारी सम्वन्धनको हकमा यस समितिले २०६७÷०१÷२८ मा समाज कल्याण परिषदमा समेत आवद्धता(आवद्धता नं. २९७७४) जनाएको छ ।

२. संस्था स्थापनाको मूलभूत उद्धेश्यहरुः ( समितिको विधान २०६६ अनुसार) :

क) यो संस्था मुनाफा रहित, जनहितकारी सामाजिक संस्था हुनेछ ।

ख) समाजमा विद्यमान विकृती विसंगतीको अन्त्य गर्न चेतना मूलक कार्यक्रम संचालन गर्नुका साथै समूदायको आर्थिक स्तर उकास्न समूदायमा आधारित आयआर्जन कार्यक्रम संचालन गर्ने, गराउने ।

ग) मानव र मानवता विरुद्धको अपराध, हिंसा तथा मानव बेचविखन विरुद्धका कार्यक्रम संचालन गर्ने र महिला तथा बाल अधिकार संरक्षणका कार्यक्रमहरु संचालन गर्ने ।

(घ) मेलम्ची आयोजनाबाट पर्ने प्रतिकुल प्रभावलाई न्यूनिकरण गरी आयोजना प्रभावित क्षेत्रमा स्थानिय समुदाय स्तरमा सञ्चालन हुने सामाजिक उत्थान कार्यक्रमका शिक्षा, स्वास्थ्य, आयाआर्जन तथा सामुदायिक विकास, ग्रामिण विद्युतिकरण, र मध्यवर्ति क्षेत्र विकास लगायत सामाजिक विकास कार्यक्रमहरुको पहिचान, प्राथमिकता निर्धारण, छनौट, कार्यान्वयन, अनुगमन र सुपरीवेक्षण गरी स्थानिय वासिन्दाको जीवनस्तर उकास्ने ।

(ङ) नेपाल सरकारबाट मेलम्ची खानेपानी आयोजना सञ्चालन हुँदा लागु गरिएको पुनर्वास नीति २०५७ लाई पूर्ण रुपमा कार्यान्वयन गर्न गराउन सहयोग गर्ने ।

(च) समूदायको आर्थिक, सामाजिक, साँस्कृतिक विकास गर्न स्थानीय स्तरमा उपलब्ध श्रोत, साधन र जनशक्तिलाई प्रयोग र परिचालन गरी सामूहिक उत्पादन प्रणालीको विकास गर्ने गराउने । साथै आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि रोजगारीको अवसर सिर्जना गराई कार्यान्वयन गर्न गराउन सहयोग गर्ने ।

(छ) काठमाण्डौं उपत्यकामा पानी पथान्तरण गर्दा मेलम्ची खोलामा छोडिने पानीको परिमाण एकिन गरि प्रत्याभूत गराउन स्थानिय जनताको तर्फबाट प्रतिनिधित्व गर्ने ।

(ज) आयोजनाले पथान्तरण गर्ने पानी वापत आयोजना सम्पन्न भईसकेपछि प्राप्त हुने लेभी (रकम) दर एकिन गर्न पहल गर्ने ।

(झ) कृषि तथा सहकारीतामा आधारित उत्पादन र वचत तथा वित्तिय विकासका कार्यक्रम संचालन गर्ने ।

(ञ) धर्म, संस्कृती, भाषा, भाषी, जाती जनजाती, दलित, सिमान्तकृत, लोपोन्मूख, महिला, बालबालिकाको उत्थान र विकासकालागि आवश्यक कार्यक्रम संचालन गर्ने, गराउने ।

(ट) कला, संस्कृती, जैविक विविधता, प्राकृतिक श्रोत र साधनको संरक्षण, सम्बर्धन र प्रवर्धन गराउनुका साथै वातावरण तथा पर्यावरण संरक्षणकालागि अध्ययन अनुसन्धान लगायत आवश्यक कार्य गर्ने, गराउने तथा सम्भाव्य पर्यटकीय स्थलहरुको पहिचान गरी अध्ययन, अनुसन्धान र पर्यटकीय क्षेत्रकालागि पूर्वाधार तयार गरी पर्यटन व्यवसाय प्रवद्र्धन गराउन स्थानीय समूदायलाई प्रेरित गर्ने । साथै अतिरिक्त कृयाकलापमा जनतालाई सहभागी गराउने ।

(ठ) समूदायमा आधारित स्वास्थ्य सेवा, सामुदायिक अस्पताल स्थापना लगायत साझा स्वास्थ्य सेवा सञ्चालन तथा स्वास्थ्य सम्बन्धि अध्ययन अनुसन्धान गर्ने गराउने ।

(ड) स्वरोजगारकालागि राष्ट्रीय, अन्तर्राष्ट्रीय र स्थानीय स्तरमा आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षालय स्थापना तथा सञ्चालन गर्ने, गराउने ।

(ढ) कार्यसमितिबाट मेलम्ची खानेपानी विकास समितिको बोर्डमा प्रभावित क्षेत्रका वासिन्दाको तर्फबाट प्रतिनिधित्व गर्ने ।

(ण) मेलम्ची खानेपानी आयोजनालाई ह्योल्मो खानेपानी आयोजना भनी नाम परिवर्तन गराउन पहल र भूमिका निर्वाह गर्दे जाने ।

(त) सरकारी निकाय, मेलम्ची खानेपानी विकास समिति, दातृ संस्थाहरु र आयोजना प्रभावित क्षेत्रका स्थानिय समुदायका वीच सम्पर्क र समन्वय कायम गरी आयोजना सम्पन्न गर्न सहयोग गर्ने ।

(थ) आयोजना कार्यान्वयनको क्रममा आइपर्ने समस्या वा विवाद समाधानका लागि आवश्यक सहयोग गर्ने ।

(द) आयोजना निर्माण पछि मुहान क्षेत्र लगायतका क्षेत्रका वासिन्दाहरुलाई विस्थापित हुन नदिनका लागि दीर्घकालिन योजना बनाई कार्यान्वयन गर्ने गराउने ।

(ध) आयोजना प्रभावित क्षेत्रको दीर्घकालिन विकास गर्न आवश्यक व्यवस्था गर्ने ।

३. संंस्थाको कार्यक्षेत्र :

हेलम्बु गाउँपालिकाकाको सवै वडाहरु र मेलम्ची नगरपालिका अन्तर्गत वडा नं. १ देखि ८ सम्म, वडा नंं ११, १२, र १३ नं. वडा गरि जम्मा १८ वटा वडाहरु यस समितिको कार्यक्षेत्र रहेको छ ।

४. समितिले संचालन गर्ने कार्यक्रमका अवयवहरु :

क. शिक्षा कार्यक्रम :

शैक्षिक संस्थाहरुको पूर्वाधार विकास तथा क्षमता अभिवृद्धि कार्यक्रमहरु गर्ने ।

ख. स्वास्थ्य कार्यक्रम :
स्वास्थ्य संस्थाहरुको पूर्वाधार विकास, स्वास्थ्य शिविर संचालन, स्वास्थ्य संस्थाहरुको क्षमताअभिवृद्धिका कार्यक्रमहरु संचालन ।

गं. आयआर्जन तथा सामुदायिक विकास कार्यक्रम :
वस्तीस्तरका सामुदायिक समुहहरुको आर्थिक तथा सामाजिक विकास, वचत तथा सीपको प्रवर्धनमा सहयोग, कृषि तथा प्रविधी विकासको माध्यमवाट समुदायको आयआर्जनमा टेवा पु¥याउने खालका कार्यक्रमहरु संचालन, कृषि सहकारी संस्थाहरुको व्यावशायिक क्षमता अभिवृद्धिको लागि पूँजीगत अनुदान सहयोग आदि ।

घ. भौतिक पूर्वाधार विकास कार्यक्रम :
समुदायको आवश्यकता र मागमा आधारित ग्रामिण सडक, खानेपानी, सिंचाई, पूलपुलेसा, सामुदायिक भवन, आदि क्षेत्रहरुमा गाउँ सामुदायिक समिति तथा उपभोक्ता समितिहरु मार्फत विभिन्न भौतिक पूर्वाधारका आयोजनाहरु संचालन ।

ङ. मध्यवर्ती क्षेत्र विकास कार्यक्रम :
हेलम्वु गा.पा. अन्तर्गत वडा नं. १, २, ६ र ७ को तोकीएका क्षेत्रहरुमा)ः कार्यक्रम लागु भएका क्षेत्रको वन तथा बातावरण संरक्षण, स्थानीय वासीहरुको सास्कृतिक, पुरातात्विक पक्षहरुको संरक्षण, सम्वर्धन एव. समुदायको दीगो जिविकोपार्जनको लागि पर्यटनको विकास आदि कार्यक्रमहरु संचालन ।

५. समितिको आर्थिक श्रोत तथा व्यवस्थापन :

क) मेलम्ची खानेपानी विकास समिति(मेखाविस) गठन आदेश २०५५ (शंशोधित २०६७) अनुसार यस समितिले मेलम्ची खानेपानी विकास समितिवाट पेश्कीको रुपमा बार्षिक वजेट प्राप्त गरि मे.खा.वि.स.समेतको प्रत्यक्ष संलग्नतामा आर्थिक कारोवार तथा वैंक खाता संचालन, आयकर कट्टि तथा दाखिला, कार्यक्रमको लागत अनुमान स्वीकृति तथा कार्यक्रम मूल्याङ्कन हुने व्यवस्था रहदै आएको छ ।

ख) यस समितिले गाउँसस्तरबाट माग भई आएका कार्यक्रमहरु समितिको बार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मेखाविसवाट अन्तिम स्वीकृती हुने र सोही विनियोजित कार्यक्रम तथा वजेट विवरणको आधारमा मेखाविसवाट चौमासिक निकाशाको रुपमा वजेट प्राप्त गर्ने गर्दछ । यसबाट सामाजिक उत्थान कार्यक्रम संचालन गर्दा भएका खर्चहरुको सम्पुर्ण सक्कल श्रेस्ताहरु यस समितिवाट मेलम्ची खानेपानी विकास समितिमा पेश गरेपछि मात्र सम्पन्न खर्चहरुको पेश्की फस्र्यौट हुने व्यवस्था रहँदै आएको छ ।

ग) सस्थाको सम्पुर्ण आर्थिक कारोवारको श्रेस्ता मेलम्ची खानेपानी विकास समितिमा नै रहने तथा उक्त श्रेस्ताको आन्तरिक लेखा परीक्षण कोष तथा लेखा नियन्त्रक कार्यालयवाट र अन्तिम लेखा परीक्षण महालेखा परीक्षकको कार्यालयवाट हुने गर्दछ । महालेखापरीक्षक कार्यालयवाट लेखा परीक्षण गर्दा मेलम्ची खानेपानी विकास समितिको श्रेस्ता लेखा परीक्षण गर्ने क्रममा यस समितिबाट भएका खर्चहरुको समेत लेखापरीक्षण हुने गरेको छ ।

६. बार्षिक वजेटको सिमा, वजेटको श्रोत एवं कार्यक्रम तर्जुमा प्रकृया :
यस समितिको एकमात्र दातृ निकाय नेपाल सरकार,मेलम्ची खानेपानी विकास समिति हो । मेलम्ची खानेपानी विकास समिति गठन आदेश २०५५ (शंशोधित २०६७) मा भएको व्यवस्था बमोजिम यस समितिले मेलम्ची खानेपानी विकास समितिबाट बार्षिक बजेट प्राप्त गरि सामाजिक उत्थान कार्यक्रम संचालन गर्दै आएको छ भने कार्यक्रम तर्जुमा गर्दा निम्न विधिहरुको अवलम्वन गरिदै आएको छ ।

क. प्राप्त कार्यक्रम तथा वजेट सिमाको आधारमा यस समितिको मूल कार्यसमितिको बैठक वसि सम्वन्धित साविक गाउँ सामुदायिक समितिहरुमा कार्यक्रमको वजेटको क्षेत्रहरु र सिमा तोकी पठाईने छ भने स्थानीय तहका वडा जनप्रतिनीधिहरु समेतको समन्वय र सहभागितामा कार्यक्रमहरुको तर्जुमा हुने,

ख. कार्यक्रम संचालन प्रकृयामा दोहोरोपना कम गर्न र सम्वन्धित गाउँ सामुदायिक समितिहरु मार्फत स्थानीय तहको वडाका जनप्रतिनीधिहरुको सहभागितामा आवधिक लक्ष्य उद्धेश्य र प्राथमिकताका क्षेत्रहरुसंग मेल खानेगरि वडास्तरीय कार्यक्रमहरुको तर्जुमा हुने,

ग. वडास्तरवाट प्रस्तावित भएका कार्यक्रमहरु समितिको साधारण सभाबाट अनुमोदन गरे पश्चात सम्वन्धित वडा कायालयको सिफारिससमा नेै आवश्यक ल.ई. स्वीकृतिको प्रकृया अघि वढाईनेछ । भने कार्यसम्पन्न भएका योजनाहरुको हकमा सम्वन्धित वडा कार्यालयवाट अनगमन र सिफारिस पश्चात मात्र अन्तिम भूक्तानी हुने व्यवस्था,

घ. सम्वन्धित स्थानीय अन्तर्गत सम्वन्धित वडा कार्यालयवाट नियमित रुपमा कार्यक्रम अनुगमन गर्ने व्यवस्था,

ङ. सम्वन्धित स्थानीय तह वा सम्वन्धित वडा कार्यालयवाट नियमित रुपमा कार्यक्रम अनुगमन र अनुगमनको सिलसिलामा प्राप्त हुन रायसुझावहरु सवन्धित सामुदायिक समिति तथा यस समितिको कार्यालयवाट नियमानुसार कार्यान्वयन गर्ने व्यवस्थाको प्रत्याभूति ।