सामाजिक उत्थान कार्यक्रममा कृषि सहकारी संस्थाहरुको प्रवर्धन र उद्यमशीलताको विकास
सम्वन्धित क्षेत्रका सरोकारवालाहरुको सर्वपक्षिय सहमतीमा आयोजना प्रभावित साविक १४ गाविसमै आवश्यक अभिमूखीकरण सहित कृषि सहकारी संस्थाहरुको गठन र संचालनमा सहयोग गरिएको,
२०६८ सालको जनगणना अनुसार जम्मा १२५१८ घरधुरीहरु मध्ये २०७७ कार्तिक सम्ममा ७७६३(६२.५%)घरधुरीमा सहकारी संस्थाको शेयर सदस्यता विस्तार,
जसमा ८१४२ जना सदस्यहरु(महिला ३२५२ र पूरुष ४६६१ जना) सहकारी संस्था स्थापनाबाट लाभान्वित,
आ.व. ०७६।०७७ सम्ममा उक्त रकमबाट हालसम्म विभिन्न १५ वटा सहकारी संस्थाका ५,४७३ घरधुरी लाभान्वित छन । जसमा सहकारी संस्थाहरुमा आवद्ध ८,८५६ शेयर सदस्यहरु मध्ये कृषि तर्फः८४, पशुपालन तर्फ ः१८६, तरकारी खेती तर्फ ः ४२, व्यापार व्यावशाय तर्फ ः ५९ र अन्य तर्फ ः १४ गरि ३८५ जना कृषकहरु कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित छन ।
हेलम्बु गाउँपालिका वडा नं. ५ मा समुहिक स्याउ खेतीको शुरुआत एक झलक
