यस कार्यक्रमका प्रमुख अतिथी मेलम्ची नगरपालिका प्रमुख श्री डम्बर अर्यालज्यू, विशिष्ट अतिथी हेलम्बु गाउँपालिका अध्यक्ष श्री निमाग्याल्जेन शेर्पाज्यू लगायत स्थानीय तहका जनप्रतिनीधिज्यूहरु, मेलम्ची खानेपानी विकास समितिबाट पाल्नु भएका कार्यकारी निर्देशकज्यू लगायत आमन्त्रित अतिथीज्यूहरु, सल्लाकारज्यूहरु एवं आमन्त्रित विभिन्न संघ संस्थाका प्रतिनीधिज्यूहरु, पत्रकारज्यूहरु, पार्षद सदस्यज्यूहरु, कार्यक्रम सम्वद्ध कर्मचारीहरु साथै यस कार्यक्रमको गरिमा वढाईदिनुहुने सम्पुर्ण गन्यमान्य महानुभावहरुमा म समितिको तर्फवाट र मेरो व्यक्तिगत तर्फबाट समेत यस साधारण सभामा उपस्थित सम्पुर्णमा न्यानो स्वागत तथा अभिवादन व्यक्त गर्दछु ।
उपस्थित महानुभावहरु,
सर्व प्रथम बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना पहिलो चरणको कार्यहरु करिव सम्पन्न भई माननीय खानेपानी मन्त्रीज्यूको उपस्थितिमा मिति २०७७ फागुन १० गते देखि आयोजनाको मूहानस्थल हेलम्बु गाउँपालिकाको अम्बाथानबाट मेलम्ची नदीलाई परिक्षण पथान्तरण गरिएकोमा मिति २०७७ चैत्र २० गते सम्माननीय राष्ट्रपतिज्यूबाट काठमाडौं उपत्यकाबासीहरुको घर घरमा पानी वितरण कार्यको शुभारम्भ भएको थाहा पाउँदा हामी मूहानक्षेत्रका सिन्धुपाल्चोक बासिन्दा हुनुको नाताले गौरवान्वित छौं । आयोजना सम्पन्न भएको यस अवसरमा हेलम्बु मेलम्ची क्षेत्रका बासिन्दा माथि बर्षाै देखि सार्वजनिक हुने गरेका कथित भ्रमपूर्ण प्रचारहरु समेत स्वतः खारेज भएका छन ।
उपस्थित महानुभावहरु,
यो संस्थाले नेपाल सरकार, तत्कालिन आवास तथा भौतिक योजना मन्त्रालयको स्वीकृतिमा २०६४ साल देखि कार्यक्रम संचालन गर्दै आएकोमा मिति २०६६ फागुन १२ गते जिल्ला प्रशासन कार्यालय, सिं.पा. चौतारामा विधिवत दर्ता गरि मेलम्ची खानेपानी विकास समिति मार्फत समितिको कार्यक्षेत्रहरु हेलम्बु गाउँपालिकाको ७ वटै वडाहरु र मेलम्ची नगरपालिकाको ११ वटा वडाहरु (साविक १४गाविसहरु) मा सामाजिक उत्थानका कार्यक्रमहरु संचालन गर्दै आईरहेको व्यहोरा अवगत नै छ । नेपालको संबिधान (२०७२) अनुसार स्थानीय तहको पूनःसंरचना बमोजिम गठन भई यस समितिको कार्यक्षेत्र रहेका मेलम्ची नगरपालिका तथा हेलम्बु गाउँपालिकाबाट ठुला प्रकृतिका पूर्वाधार विकासका कार्यहरु संचालन हुने तर तुलनात्मक हिसावले हाम्रो साउकाको बजेट कम हुने भएकोले पूर्वाधार निर्माणका कामहरु भन्दा समुदायको जीवनस्तर सुधारमा सहयोग पुग्ने खालका कार्यक्रमहरुमा हाम्रो विशेष ध्यान केन्द्रित हुनुपर्ने आवश्यकताको महशुस हामीले गरेका छौं ।
उपस्थित महानुभावहरु,
गत आ.व. २०७६।०७७ को लागि १४ वटै गाउँ सामुदायिक समितिहरुबाट सहभागितात्मक योजना तर्जुमा सम्पन्न गरि मिति २०७६।११।१८ मा नवौं बार्षिक साधारण सभाले स्वीकृत गरेका योजनाहरुको स्थलगत प्राविधिक सर्वे, उपभोक्ता समितिहरुको गठन लगायत लागत ईस्टमेट गराउने सिलसिलामा हामी थियोैं । यसैक्रममा विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस ९ऋइख्क्ष्म्(ज्ञढ० को प्रत्यक्ष÷अप्रत्यक्ष असर हाम्रो दैनिक जनजीवनमा पनि प¥यो । यसर्थः जनताको स्वास्थ्य सुरक्षा नै पहिलो प्राथमिकता भएकोले नेपाल सरकारबाट मिति २०७६ चैत्र १० गतेबाट गरिएको लगातारको बन्दाबन्दी ९ीयअप म्यधल० र जिल्ला कोराना महामारी व्यवस्थापन समिति९म्ऋऋःऋ० को मापदण्डको कारण गत बर्षको कार्यक्रम कार्यान्वयन प्रकृयामा गम्भिर असर परेको व्यहोरा यस सम्मानित साधारण सभामा राख्न चाहन्छु ।
त्यसैले गत बर्षको साधारण सभाले पारित गरेका कार्यक्रमहरुलाई चालु आर्थिक बर्षको नियमित कार्यक्रममा समावेश गरि हाल कार्यान्वयन प्रकृयामा अगाडी वढाइ सकिएकोे हुँदा यस साधारण सभाबाट आवश्यक समर्थन प्राप्त हुने विश्वास लिएको छौं । कार्यान्वयन भईरहका कार्यक्रमहरु मध्ये निर्माणाधिन कार्यालय भवनको निर्माण कार्य यसै आर्थिक बर्ष भित्र सम्पन्न हुने गरि सार्वजनिक खरिद अनुगमन कार्यालय ९एएःइ० मा आवद्धता सहित ठेक्का प्रकृया अघि वढाईएको छ । गाउँ सामुदायिक समितिहरु मार्फत कार्यक्षेत्र भित्रका विभिन्न वडाहरुमा संचालन गरिने विकास कार्यक्रमहरुलाई दुवै स्थानीय तहहरुको चालु बार्षिक योजनामा समाबेश गराउन लिखित अनुरोध गरिएकोमा मेलम्ची नगरपालिकाको मिति २०७७।१०।२७ मा सम्पन्न नगर कार्यपालिका बैठकबाट कार्यक्रमहरु संचालन गर्न समर्थन प्राप्त भएको छ । यसरी स्वीकृत भएका योजनाहरुको मेलम्ची खानेपानी विकास समितिबाट लागत अनुमान स्वीकृती र उपभोक्ताहरुमा पेश्की निकाशा प्रकृया अघि वढाई सकिएको व्यहोरा जानकारी गराउँदछु । त्यसैगरि हेलम्बु गाउँपालिका भित्र संचालन गरिने गत आ.व.का स्वीकृत कार्यक्रमहरुको पनि स्थानीय तह÷वडाको सहमतिमा कार्यान्वयन गर्ने प्रयास भईरहेको व्यहोरा यहाँहरु समक्ष अवगत गराउन चाहन्छु ।
आदरणीय पार्षदज्यूहरु,
प्रभावित समुदायको स्वास्थ्य सेवामा सहयोग पु¥याउने उद्धेश्यले आवश्यक एम्बुलेन्सहरु खरिद गरि सम्वन्धित स्वास्थ्य प्रदायक संस्थाहरुमा उपलव्ध गराईने छ । कृषि क्षेत्रमा बढदो आधुनिकीकरण र नयाँ प्रविधिको विकासमा टेवा पु¥याउने अभिप्रायले समुदायको माग बमोजिम आवश्यक हाते ट्रयाक्टरहरु खरिद गरि सामुहिक अवधारणा बमोजिम संचालन गर्ने गरि वितरण गरिने छ । आयआर्जन सम्वन्धि कार्यक्रमको प्रभावकारीताको लागि आर्थिक बर्ष २०७२।०७३ देखि वडास्तरीय कृषि सहकारीहरुलाई सम्वन्धित सहकारीहरुको व्यावशायिक क्षमताको आधारमा दिईदै आएको आयआर्जन कार्यक्रमलाई निरन्तरता दिईने छ । उक्त रकमबाट हालसम्म विभिन्न १५ वटा सहकारी संस्थाका ५,४७३ घरधुरी लाभान्वित छन । जसमा सहकारी संस्थाहरुमा आवद्ध ८,८५६ शेयर सदस्यहरु मध्ये कृषि तर्फः८४, पशुपालन तर्फ ः१८६, तरकारी खेती तर्फ ः ४२, व्यापार व्यावशाय तर्फ ः ५९ र अन्य तर्फ ः १४ गरि ३८५ जना कृषकहरु कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित छन ।
उपस्थित पार्षदज्यूहरु एवं आमन्त्रित महानुभावहरु,
मेलम्ची खानेपानी विकास समितिको आर्थिक सहयोगमा यस समितिले आर्थिक बर्ष २०६४÷६५ देखि प्रभावित समुदायमा सामाजिक उत्थानका कार्यक्रमहरु संंचालन गर्दै आएको अवधि यतिवेला करिव १३ बर्ष व्यतित भैसकेको छ । यस अवधिमा सामाजिक उत्थान कार्यक्रम सम्वन्धी गतिविधिहरुबाट समुदायिक विकासमा के कस्ता उपलव्धीहरु हासिल भए ? यस कार्यक्रमबाट संचालन गरिएका क्रियाकलापहरुले दीगो विकासमा टेवा पु¥याउन सकिरहेको छ÷छैन ? संचालन गरिरहको कार्यक्रम मोडालिटीमा सकारात्मक÷नकारात्मक पक्षहरु के के छन ? कार्यक्रम संचालनमा समय सापेक्ष सुधारहरु लगायत मेलम्ची खानेपानी आयोजना पथान्तरण पश्चात मूहान क्षेत्र भन्दा तल्लो भेगको सिंचित जग्गाहरु र पर्यावरणमा पर्ने असर र प्रभावहरु वारे हामीले विस्तृत अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकता देखेका छौं । यसर्थः स्वतन्त्र विज्ञहरु नियुक्त गरि अध्ययन गराउने योजनामा हामी छौं । जसको लागि यहाँका सम्पुर्ण महानुभावहरुको साथ सहयोगको खाँचो छ । समिति र समितिले सम्पादन गर्ने हरेक क्रियाकलापहरुलाई सूचना प्रविधिको माध्यमबाट समुदायमा सू–सूचित गर्ने उद्धेश्यले यसै नयाँबर्ष २०७८ साल बैशाखबाटै ध्भद–कष्तभ संचालनमा ल्याईने छ । सो को लागि धधध।जथयmियकष्लमजग।यचन।लउ बाट संस्थाका गतिविधिहरुबारे आवश्यक जानकारीहरु प्राप्त गर्न सकिने प्रबन्ध मिलाईने छ ।
उपस्थित महानुभावहरु,
यतिबेला मेलम्ची खानेपानी आयोजना सम्पन्न भई काठमाडौबासीको घरदैलोमा खानेपानी पुगिसकेको छ । मेलम्चीको पानी उपभोग गरेवापत काठमाडौंका उपभोक्ताहरुलाई मुनासिव महशुल लाग्ने निश्चित छ । यसर्थः उपभोक्ताबाट उठाईने पानीको महशुल मध्येबाट निश्चित हिस्सा प्रभावित क्षेत्रको दीर्घकालिन विकासमा छुट्टयाउन माग गर्दै समुदायको न्यायोचित आवाजहरुलाई हामीले सम्वन्धित निकायहरुसम्म पटक पटक पु¥याएकै छौं । लेवी सरोकारको मुद्धामा हामी स्थानीय सहजकर्ता मात्र हौं । लेवीको सूनिश्चितताको लागि केहि कानूनी जटिलताहरु छन भने फुकाई तत्काल यस क्षेत्रका स्थानीय तहहरुले लेवी (परिपूरण) पाउने कुराको प्रत्याभूत गर्न नेपाल सरकार, खानेपानी मन्त्रालय समक्ष हामी जोडदार माग गर्दछौं ।
आदरणीय उपस्थित महानुभावहरु,
स्थानीय प्राकृतिक श्रोतहरुको बाँडफाँडबाट प्राप्त हुने रकमको अग्राधिकार स्वयम हाम्रा स्थानीय तहहरु नै हुन । यसर्थः मेलम्चीको पानी पथान्तरण संगै स्थानीय तहहरुमा प्राप्त हुने लेवी (परिपूरण)को मस्यौदा नियमावलीलाई स्थानीय सरोकारवालाहरुको सहमतिमा छिट्टै पारित गरिनुपर्दछ । यस समिति लगायत अन्य प्रभावित सरोकार समितिहरुबाट संचालन गरिदै आएका कार्यक्रमहरु स्थानीय तहहरुकै अभिभावकत्व र सहजिकरणमा निरन्तर संचालन गर्ने व्यवस्था मिलाईनु पर्दछ भने यतिबेला सामाजिक उत्थान कार्यक्रमको लागि मे.खा.वि.स.बाट दिईने प्राविधिक सेवा प्रवाह छिटो छरितो रुपमा मेलम्ची खानेपानी साईट कार्यालयबाटै संचालन गरियोस भन्ने समुदायको जोडदार माग रहेको छ ।
अन्त्यमा, कार्यक्रम सम्वन्धि विस्तृत कुराहरु यस प्रतिवेदनको अनुसूचीहरुमा समेटिएकोले अध्ययन गरिदिनुहुन हार्दिक अनुरोध गर्दै प्रमुख अतिथी, विशेष अतिथी, अतिथी एवं पार्षद सदस्यज्यूहरुले यस कार्यक्रममा स्वयम उपस्थित भई यस साधारण सभाको गरिमा वढाईदिनु भएकोमा पुन ः धन्यवाद दिंदै यस प्रतिवेदनको प्रस्तुतीकरणलाई यहिँ अन्त्य गर्दछु । धन्यबाद ।
(उपेन्द्र तामाङ)
अध्यक्ष
अा.ब. ०७७/०७८ मा ह्याेसिमेस सामाजिक उत्थान कार्यक्रम र कृषक समूह/सहकारीहरुकाे साझेदारीमा मिनि ट्रिलर खरिद गरि बितरण गरिएकाे छ । ह्योसिमेसको कार्यक्षेत्र भित्रका १८ वटै वडाहरुमा ८,८ वटाको दरले जम्मा १४८ वटा वितरण गरिएको उक्त मिनिटिलरबाट करिव २००० भन्दा वढि किसानहरुले यस कार्यक्रमबाट फाईदा पाउनेछन । स्थानीय कृषकहरुको नयाँ कृषि प्रविधी प्रतिको बढदो आकर्षणले कृषि उत्पादनमा बृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
- Test Gallery
ह्योल्मो सिन्धु मेलम्ची उपत्यका समाजिक उत्थान कार्यक्रम संचालन समिति
संस्थागत परिचय :
यो समिति मेलम्ची खानेपानी परियोजना अन्तर्गत परियोजना प्रभावित क्षेत्रको १४ वटा गाउँ विकास समिति(हाल ९ गाविस र १ मेलम्ची नगरपालिका) का जनताको तर्फवाट प्रतिनीधित्व गर्न स्थापित भएको एक सामाजिक संस्था हो ।
यस संस्थाले तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्रालयको मिति २०६४।५।३० को निर्णय÷स्वीकृती अनुसार सामाजिक उत्थान कार्यक्रम संचालन गर्ने मान्यता पाएको छ भने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकवाट समेत २०६६।११।१२ मा विधिवत रुपमा दर्ता भएको छ ।
२०६७÷०१÷१४ मा “मेलम्ची खानेपानी विकास समिति गठन आदेश(२०५५)” आवश्यक संशोधन भई मेलम्ची खानेपानी विकास समितिको बोर्डमा यस समितिको अध्यक्ष वा समितिले तोकेको सदस्य १ जना यस संस्थाको तर्फवाट प्रतिनिधित्व हुने व्यवस्था छ । यसवाट मेलम्ची आयोजना लगायत सामाजिक उत्थान कार्यक्रम कार्यान्वयनमा स्थानीय स्तरमा सहजता मिलेको छ ।
यस संस्थाको विधान अनुसार १४ वटै गाविस तहमा वडा, गाविस तथा केन्द्र समितिमा स्थानीय जनताबाटै छानिएका प्रतिनीधिहरु रहने हुँदा सामाजिक उत्थान कार्यक्रम कार्यान्वयन प्रकृया सहभागितामूलक रहदै आएको छ ।
कार्यक्षेत्र :
१. फटकशिला २. बाँसवारी
३. मेलम्ची ४. सिन्धुकोट
५. भोटेचौर ६. हैवुङ्ग
७. थकनी ८. तालामाराङ्ग
९. दुवाचौर १०. पाल्चोक
११. महांकाल १२. ईचोक
१३. किउल १४. हेलम्वु
सामाजिक उत्थान कार्यक्रमका क्षेत्रहरु :
१. मध्यवर्ती क्षेत्र विकास
२. शिक्षा
३. स्वास्थ्य
४. आयआर्जन तथा सामुदायिक विकास
५. ग्रामिण विद्युतीकरण÷पुर्र्र्वाधार विकास
समितिको स्थापना पश्चात सामाजिक उत्थान कार्यक्रमवाट भएका उल्लेखनीय कार्यहरु :
क. कार्यक्रम लागु भएको गाविसहरुमा उपस्वास्थ्य चौकी भवनहरु ( १२वटा ) निर्माण भएको छ ।
ख. कार्यक्षेत्र भित्रका मा.वि., उमावि, क्याम्पस तथा विद्यालय श्रोत केन्द्रहरुलाई आवश्यक पर्ने कम्प्यूटरहरु वितरण गरिएको छ जसवाट २२ वटा मा.वि. तथा उ.मा.वि.हरु लाभान्वित भएका छन ।
ग. सवै गाविसहरुमा ग्रामिण सडक निर्माण एवं विस्तार(करिव ५०० कि.मीं) गर्न सहयोग गरिएको छ जसवाट आयोजना प्रभावित १४ गाविसका १२००० घरधुरीका वासिन्दा प्रत्यक्ष लाभान्ति छन ।
घ. सवै गाविसहरुमा विद्युतीकरणका कार्यक्रमहरु र सामुदायिक लघु जलविद्युत आयोजना( पेल्ट्रिक सेट ६ वटा) गरि ३३ बटा स्कीम संचालनमा सहयोग भएको जसवाट १८०० घरधुरी लाभान्वित छन ।
ङ. गाउँ सामुदायिक समितिहरु मार्फत गत आ.व.सम्ममा खानेपानी(२२५वटा), सिचाई(३० वटा), सामुदायिक भवन (३६ वटा) उप—आयोजनाहरु कार्यान्वयन भएका छन ।
ङ. प्रा.वि., मा.वि., उच्च मावि गरि ४८ वटा तथा क्याम्पस भवन(२ वटा) निर्माणमा सहयोग गरिएको छ ।
च. आयआर्जन तथा सामुदायिक विकास कार्यक्रमहरु क्रमशः सहकारी संस्थाहरु मार्फत संचालन गर्ने नीतिगत व्यवस्था गरिए अनुसार १० वटा सहकारीहरुलाई आयआर्जन कार्यक्रम संचालन गर्न रु. ७,००,०००÷— अनुदान उपलव्ध गरिएको छ ।
छ. मध्यवर्ती क्षेत्र भित्रका हिमाली गाउँ वस्तीहरु (हेलम्वु, किउल र ईचोक) मा सुधारिएको तन्दुर चुलो (३०० घरधुरी) तथा फलामको धार्सिङ वितरण(१६५० घरधुरीमा) गरिएको छ, जसवाट वातावरणीय सन्तुलनमा सहयोग पुगेको छ ।
ज. क्षेत्र भरिका किसानहरुको मागका आधारमा जिल्ला पशु सेवा कार्यालयसंगको समन्वयमा मेलम्चीमा कृतिम गर्भाधान केन्द्र स्थापना भएको छ जसवाट मेलम्ची आसपासका २००० घरधुरीका पशुपालक किसानहरुलाई सहयोग पु¥याएको छ ।
झ. हेलम्वु, सिन्धु तथा मेलम्ची उपत्यकामा स्थानीय स्वास्थ्य संस्थाहरु मार्फत (३ वटा) एम्वुलेन्स खरिद गरि संचालनमा ल्याईएको छ ।
ञ. हेलम्वु क्षेत्र उत्थान विशेष कार्यक्रम अन्तर्गत ग्रामिण सडक निर्माण(३), उमावि भवन(१), हेल्थपोष्ट भवन(१) तथा म्युजियम भवन(१) निर्माण सम्पन्न भएका छन ।
ट. मेलम्ची क्षेत्रका समुदायको माग वमोजिम प्राविधिक शिक्षा तथा व्यावशायिक तालिम परिषदवाट विभिन्न २० वटा विषयमा छोटो अवधिका तालिम संचालन गर्न सम्वन्धन लिर्र्ई तालिम संचालन गर्ने व्यवस्था मिलाईएको छ । जसवाट थाङ्का सिलाई वुनाई, हाउस वायरिङ, ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता र उन्नत तरकारी खेती,कम्प्यूटर मर्मत तालिमवाट १५० जना लाभान्वित भएका छन् ।
अति विपन्न परिवारलाई कार्यक्रमले पुराएको सहुलियत :
सम्पुर्ण समुदायहरु सहकारी संस्थामा आवद्ध गराई ऋणपूँजी स्वरुप घुम्ति कोषको रुपमा संचालन गर्ने गरि मेखाविसवाट आयआर्जन कार्यक्रमको लागि प्रति गाविस रु. ७,००,०००÷— अनुदान दिने व्यवस्था गरिएको छ । अति विपन्न परिवारका सदस्यहरुको लागि विभिन्न सीपमूलक तालिमहरु(सिलाईवुनाई, ढाका वुनाई, होमस्टे, बाँस निगालो, कुखुरापालन तालिमहरु प्रदान गरिएको छ भने अति विपन्न परिवारका छोरा छोरीहरुलाई विद्यालयमा छात्रवृत्तिको व्यवस्था समेत सामाजिक उत्थान कार्यक्रमवाट हुने गरेको छ ।
सामाजिक समावेशीकरण र सामाजिक उत्थान कार्यक्रम :
“ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम संचालन समितिको विधान २०६६” वमोजिम सामाजिक उत्थान कार्यक्रमको योजना तर्जुमा प्रकृयामा प्रत्येक गाविसमा ४५ जना सम्मिलित गाउँ सामुदायिक परिषदको गठन हुने व्यवस्था छ, भने यिनै ४५ जना पार्षदहरुवाट महिला, दलित, जनजाती तथा अन्य समेतको समावेशी सहभागिता रहने गरि १० जनाको गाउँ सामुदायिक समितिको गठन गरिन्छ । यसरी १४ वटै गाउँ सामुदायिक समितिहरुवाट १०÷१० जनाको दरले १४० जनाको केन्द्रिय साधारण सभा सम्पन्न गरि सोहि साधारणसभा वाट ३१ जनाको ह्योसिमेसको मूल कार्यसमिति गठन हुने व्यवस्था छ ।
साथै समितिले तर्जुमा गरेको आयआर्जन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत सहकारी अवधारणा कार्यान्वयन गर्ने क्रममा हाल १४ वटै गाविसमा कृषि सहकारी संस्थाहरु संचालित अवस्थामा छन । सामाजिक उत्थान कार्यक्रम अन्तर्गत मापदण्ड पुगेका कृयाशिल सहकारीहरुलाई अनुदान दिने व्यवस्था भएकोले सहकारी संस्थामा सदस्य वन्ने महिला तथा विपन्न सदस्यहरुहरुलाई आयआर्जन सम्वन्धि कार्यहरुमा उल्लेखनीय फाईदा पु¥याईरहेको छ ।
१४ गाविसका १२,००० घरधुरी मध्ये हालसम्म ७,५८४ जना सहकारीमा आवद्ध भएका छन । जसमा महिलाको उल्लेखनीय सहभागिता(२,९७१जना)रहेको छ ।
साधारण सभाले स्वीकृत गरेका योजनाहरुको उपभोक्ता समिति गठन गर्दा सवै उपभोक्ता समितिहरुमा कम्तिमा ३३%महिला अनिवार्य गरि पदाधिकारी तहमा समेत महिला सहभागिता वृद्धि गर्न प्रोत्साहन गरिदै आएको छ ।



