ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम संचालन समिति
flag

सामाजिक उत्थान कार्यक्रमको संक्ष्प्ति जानकारी

category   Blog, Priority Areas, Reports

ह्योल्मो सिन्धु मेलम्ची उपत्यका समाजिक उत्थान कार्यक्रम संचालन समिति

संस्थागत परिचय :
यो समिति मेलम्ची खानेपानी परियोजना अन्तर्गत परियोजना प्रभावित क्षेत्रको १४ वटा गाउँ विकास समिति(हाल ९ गाविस र १ मेलम्ची नगरपालिका) का जनताको तर्फवाट प्रतिनीधित्व गर्न स्थापित भएको एक सामाजिक संस्था हो ।
यस संस्थाले तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्रालयको मिति २०६४।५।३० को निर्णय÷स्वीकृती अनुसार सामाजिक उत्थान कार्यक्रम संचालन गर्ने मान्यता पाएको छ भने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकवाट समेत २०६६।११।१२ मा विधिवत रुपमा दर्ता भएको छ ।
२०६७÷०१÷१४ मा “मेलम्ची खानेपानी विकास समिति गठन आदेश(२०५५)” आवश्यक संशोधन भई मेलम्ची खानेपानी विकास समितिको बोर्डमा यस समितिको अध्यक्ष वा समितिले तोकेको सदस्य १ जना यस संस्थाको तर्फवाट प्रतिनिधित्व हुने व्यवस्था छ । यसवाट मेलम्ची आयोजना लगायत सामाजिक उत्थान कार्यक्रम कार्यान्वयनमा स्थानीय स्तरमा सहजता मिलेको छ ।
यस संस्थाको विधान अनुसार १४ वटै गाविस तहमा वडा, गाविस तथा केन्द्र समितिमा स्थानीय जनताबाटै छानिएका प्रतिनीधिहरु रहने हुँदा सामाजिक उत्थान कार्यक्रम कार्यान्वयन प्रकृया सहभागितामूलक रहदै आएको छ ।

कार्यक्षेत्र :

१. फटकशिला २. बाँसवारी
३. मेलम्ची ४. सिन्धुकोट
५. भोटेचौर ६. हैवुङ्ग
७. थकनी ८. तालामाराङ्ग
९. दुवाचौर १०. पाल्चोक
११. महांकाल १२. ईचोक
१३. किउल १४. हेलम्वु

सामाजिक उत्थान कार्यक्रमका क्षेत्रहरु :

१. मध्यवर्ती क्षेत्र विकास
२. शिक्षा
३. स्वास्थ्य
४. आयआर्जन तथा सामुदायिक विकास
५. ग्रामिण विद्युतीकरण÷पुर्र्र्वाधार विकास

समितिको स्थापना पश्चात सामाजिक उत्थान कार्यक्रमवाट भएका उल्लेखनीय कार्यहरु :

क. कार्यक्रम लागु भएको गाविसहरुमा उपस्वास्थ्य चौकी भवनहरु ( १२वटा ) निर्माण भएको छ ।
ख. कार्यक्षेत्र भित्रका मा.वि., उमावि, क्याम्पस तथा विद्यालय श्रोत केन्द्रहरुलाई आवश्यक पर्ने कम्प्यूटरहरु वितरण गरिएको छ       जसवाट २२ वटा मा.वि. तथा उ.मा.वि.हरु लाभान्वित भएका छन ।
ग. सवै गाविसहरुमा ग्रामिण सडक निर्माण एवं विस्तार(करिव ५०० कि.मीं) गर्न सहयोग गरिएको छ जसवाट आयोजना           प्रभावित १४ गाविसका १२००० घरधुरीका वासिन्दा प्रत्यक्ष लाभान्ति छन ।
घ. सवै गाविसहरुमा विद्युतीकरणका कार्यक्रमहरु र सामुदायिक लघु जलविद्युत आयोजना( पेल्ट्रिक सेट ६ वटा) गरि ३३ बटा स्कीम संचालनमा सहयोग भएको जसवाट १८०० घरधुरी लाभान्वित छन ।
ङ. गाउँ सामुदायिक समितिहरु मार्फत गत आ.व.सम्ममा खानेपानी(२२५वटा), सिचाई(३० वटा), सामुदायिक भवन (३६ वटा) उप—आयोजनाहरु कार्यान्वयन भएका छन ।
ङ. प्रा.वि., मा.वि., उच्च मावि गरि ४८ वटा तथा क्याम्पस भवन(२ वटा) निर्माणमा सहयोग गरिएको छ ।
च. आयआर्जन तथा सामुदायिक विकास कार्यक्रमहरु क्रमशः सहकारी संस्थाहरु मार्फत संचालन गर्ने नीतिगत व्यवस्था गरिए अनुसार १० वटा सहकारीहरुलाई आयआर्जन कार्यक्रम संचालन गर्न रु. ७,००,०००÷— अनुदान उपलव्ध गरिएको छ ।
छ. मध्यवर्ती क्षेत्र भित्रका हिमाली गाउँ वस्तीहरु (हेलम्वु, किउल र ईचोक) मा सुधारिएको तन्दुर चुलो (३०० घरधुरी) तथा फलामको धार्सिङ वितरण(१६५० घरधुरीमा) गरिएको छ, जसवाट वातावरणीय सन्तुलनमा सहयोग पुगेको छ ।
ज. क्षेत्र भरिका किसानहरुको मागका आधारमा जिल्ला पशु सेवा कार्यालयसंगको समन्वयमा मेलम्चीमा कृतिम गर्भाधान केन्द्र स्थापना भएको छ जसवाट मेलम्ची आसपासका २००० घरधुरीका पशुपालक किसानहरुलाई सहयोग पु¥याएको छ ।
झ. हेलम्वु, सिन्धु तथा मेलम्ची उपत्यकामा स्थानीय स्वास्थ्य संस्थाहरु मार्फत (३ वटा) एम्वुलेन्स खरिद गरि संचालनमा ल्याईएको छ ।
ञ. हेलम्वु क्षेत्र उत्थान विशेष कार्यक्रम अन्तर्गत ग्रामिण सडक निर्माण(३), उमावि भवन(१), हेल्थपोष्ट भवन(१) तथा म्युजियम भवन(१) निर्माण सम्पन्न भएका छन ।
ट. मेलम्ची क्षेत्रका समुदायको माग वमोजिम प्राविधिक शिक्षा तथा व्यावशायिक तालिम परिषदवाट विभिन्न २० वटा विषयमा छोटो अवधिका तालिम संचालन गर्न सम्वन्धन लिर्र्ई तालिम संचालन गर्ने व्यवस्था मिलाईएको छ । जसवाट थाङ्का सिलाई वुनाई, हाउस वायरिङ, ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता र उन्नत तरकारी खेती,कम्प्यूटर मर्मत तालिमवाट १५० जना लाभान्वित भएका छन् ।

अति विपन्न परिवारलाई कार्यक्रमले पुराएको सहुलियत :

सम्पुर्ण समुदायहरु सहकारी संस्थामा आवद्ध गराई ऋणपूँजी स्वरुप घुम्ति कोषको रुपमा संचालन गर्ने गरि मेखाविसवाट  आयआर्जन कार्यक्रमको लागि प्रति गाविस रु. ७,००,०००÷— अनुदान दिने व्यवस्था गरिएको छ । अति विपन्न परिवारका सदस्यहरुको लागि विभिन्न सीपमूलक तालिमहरु(सिलाईवुनाई, ढाका वुनाई, होमस्टे, बाँस निगालो, कुखुरापालन तालिमहरु प्रदान गरिएको छ भने अति विपन्न परिवारका छोरा छोरीहरुलाई विद्यालयमा छात्रवृत्तिको व्यवस्था समेत सामाजिक उत्थान कार्यक्रमवाट हुने गरेको छ ।

सामाजिक समावेशीकरण र सामाजिक उत्थान कार्यक्रम :

“ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम संचालन समितिको विधान २०६६” वमोजिम सामाजिक उत्थान कार्यक्रमको योजना तर्जुमा प्रकृयामा प्रत्येक गाविसमा ४५ जना सम्मिलित गाउँ सामुदायिक परिषदको गठन हुने व्यवस्था छ, भने यिनै ४५ जना पार्षदहरुवाट महिला, दलित, जनजाती तथा अन्य समेतको समावेशी सहभागिता रहने गरि १० जनाको गाउँ सामुदायिक समितिको गठन गरिन्छ । यसरी १४ वटै गाउँ सामुदायिक समितिहरुवाट १०÷१० जनाको दरले १४० जनाको केन्द्रिय साधारण सभा सम्पन्न गरि सोहि साधारणसभा वाट ३१ जनाको ह्योसिमेसको मूल कार्यसमिति गठन हुने व्यवस्था छ ।
साथै समितिले तर्जुमा गरेको आयआर्जन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत सहकारी अवधारणा कार्यान्वयन गर्ने क्रममा हाल १४ वटै गाविसमा कृषि सहकारी संस्थाहरु संचालित अवस्थामा छन । सामाजिक उत्थान कार्यक्रम अन्तर्गत मापदण्ड पुगेका कृयाशिल सहकारीहरुलाई अनुदान दिने व्यवस्था भएकोले सहकारी संस्थामा सदस्य वन्ने महिला तथा विपन्न सदस्यहरुहरुलाई आयआर्जन सम्वन्धि कार्यहरुमा उल्लेखनीय फाईदा पु¥याईरहेको छ ।
१४ गाविसका १२,००० घरधुरी मध्ये हालसम्म ७,५८४ जना सहकारीमा आवद्ध भएका छन । जसमा महिलाको उल्लेखनीय सहभागिता(२,९७१जना)रहेको छ ।
साधारण सभाले स्वीकृत गरेका योजनाहरुको उपभोक्ता समिति गठन गर्दा सवै उपभोक्ता समितिहरुमा कम्तिमा ३३%महिला अनिवार्य गरि पदाधिकारी तहमा समेत महिला सहभागिता वृद्धि गर्न प्रोत्साहन गरिदै आएको छ ।